गृहपृष्ठ फ्रान्समा अहिलेसम्मकै धेरै व्यक्तिमा कोभिड-१९ संक्रमण

फ्रान्समा अहिलेसम्मकै धेरै व्यक्तिमा कोभिड-१९ संक्रमण

फ्रान्समा महामारीको सुरु भएदेखि पछिल्लो २४ घण्टामा ६० हजार ४८६ नयाँ कोरोनाभाइरसका घटनाहरू दर्ता गरेको देशको राष्ट्रिय जनस्वास्थ्य एजेन्सी सेन्ट पब्लिकले शुक्रबार बताएको छ ।

फ्रान्समा पछिल्ला दिनहरूमा कोभिड-१९ संक्रमणको अवस्था जटिल बन्दै गएको छ । शुक्रबार पनि फ्रान्समा ५८ हजार व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । यूरोपेली यस मुलुकमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणको संख्या १६ लाख पुगेको छ भने ३९ हजार ८०० व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले यसै वर्षको मार्च ११ मा कोभिड-१९ ले विश्वव्यापी महामारीको रूप लिएको बताइएको थियो । शनिबारसम्म विश्वमा चार करोड ९१ लाख व्यक्ति संक्रमण भएका छन् भने यसका कारण १२ लाख ४० हजार व्यक्तिको मृच्यु भइसकेको जोन हकिन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित समय ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु