गृहपृष्ठ हतियारसहित नेपाली भूमि प्रवेश गरेका एसएसबी टोलीलाई स्थानीयले लखेटे

हतियारसहित नेपाली भूमि प्रवेश गरेका एसएसबी टोलीलाई स्थानीयले लखेटे

कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका- १०, भुडास्थित नेपाल-भारत सीमा निरीक्षण गरिरहेका भारतीय सुरक्षा बल एसएसबीलाई स्थानीयले लखेटेका छन् । नेपाली पक्षसँग समन्वय नगरी एकलौटी रुपमा सीमा स्तम्भ निरीक्षण र नहर नाप गरिरहेको उनीलाई स्थानीयले लखटेका हुन् ।

हतियारसहित आएका एसएसबीका जवानहरूले विवादस्पद क्षेत्र भुडास्थित नेपाल-भारत सीमाकाे पिल्लर नं. ३३ देखि ३५ का सीमा स्तम्भको निरीक्षण गरिरहेका थिए । नेपाली पक्षसँग कुनै समन्वय नै नगरी एकलौटी रुपमा सीमा स्तम्भ निरीक्षण भइरहेकाले एसएसबीलाई लखेटिएको बेलौरी नगरपालिका- १० का वडासदस्य रामनाथ चौधरीले बताए ।

उनका अनुसार एबेलौरी नगरपालिका वडा १० को नेपाल भारत सीमा स्तम्भ ३५ देखि नाप्दै आइरहेको भारतीय प्रहरी टोलि, ३४ र ३३ भएको क्षेत्रमा हतियार सहित आएका एसएसबीले एकतर्फी रुपमा भूमी नापिरहेको बेला स्थानीयले भारतीय एस एस बि लाई लखेटिएको हो । उनका अनुसार पिल्लर नम्बर ३५ देखि नाप्दै आइरहेको एसएसबी टोली ३४ र ३३ नम्बर पिल्लर भएकाे क्षेत्रमा आइपुग्दा स्थानीयले देखेका थिए ।

सीमा विवाद मिलाउन सरकारले टोली गठन गरेको भए पनि एसएसबी टोली हतियारसहित एकलौटी रुपमा नेपाल प्रवेश गरेर नाप्नु गलत रहेको अन्तर्राष्ट्रिय सीमा निगरानी समूहका सदस्य हरिश पन्तले बताए ।

नेपाल-भारत सीमा स्तम्भको निरीक्षण गर्दा एकले अर्को पक्षसँग समन्वय गर्नु पर्ने तर भारतीय पक्षले समन्वय नै नगरी नेपाली भूमिमा गस्ती र निरीक्षण गर्नु गलत रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महोतोले बताए । ‘सीमा स्तम्भहरुको हेरफेर भएको छ/छैन भनी निरीक्षण गरेको उनीहरूले बताएका छन् । सीमा क्षेत्रमा नेपाली र भारतीय सुरक्षा फाैजले नियमित गस्ती  गर्छ । तर समन्वय नगरी निरीक्षण गरेकोमा एसएसबीले माफी मागेको छ,’ उनले भने ।

प्रकाशित समय १७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु