गृहपृष्ठ लिलामी सिद्धान्त र आविष्कार

लिलामी सिद्धान्त र आविष्कार

अर्थशास्त्र एक गतिशील विज्ञान हो । मानवीय जीवनका परिवर्तनशील आर्थिक गतिविधिहरु र यसले उब्जाएका समस्या समाधानका लागि नयाँ-नयाँ खोज र अनुसन्धानको प्रक्रिया निरन्तर चलि नै रहेको छ । समस्या समाधान उन्मुख रहेर गरिने यस्ता आशावादी खोज र अनुसन्धानका कार्यलाई उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष पुरस्कारले समेत सम्मानित गर्ने प्रचलन छ । यसको एक उदाहरण हरेक वर्ष प्रदान गरिने नोवेल पुरस्कार हो ।

‘लिलामी’ यस वर्षको आर्थिक विज्ञानको नोबेल मेमोरियल पुरस्कारको केन्द्रबिन्दु बन्यो । स्विडिस एकेडेमीले अक्टुबर १२ तारिखमा लिलामसम्बन्धी सिद्धान्तमा पुर्या।एको योगदानका लागि दुई अमेरिकी अर्थशास्त्री पल मिलग्रोम र रोबर्ट विल्सनलाई उक्त पुरस्कार दिने घोषणा गरेको छ  । लिलामीमार्फत गरिने कारोबारको सिद्धान्त र त्यसको उपयोग विषयमा गरिएको शोध र उनीहरूले निकालेको व्यावहारिक समाधानका लागि यो पुरस्कार दिइएको हो ।

सामान्य बुझाइमा लिलामी एउटा प्रक्रिया हो, जहाँ विभिन्न वस्तु तथा सेवाहरू खरिद-बिक्रीका लागि प्रतिस्पर्धीहरुबाट बोलपत्र आह्वान गरिन्छ । सबैभन्दा बढी बोली प्रस्ताव गर्ने प्रतिस्पर्धीलाई बेच्ने वा न्यूनतम् प्रतिस्पर्धीबाट सामान खरिद गर्ने गरिन्छ । मानिसहरुले लिलामी शब्द सुन्नेबित्तिकै ऋण समयमै भुक्तानी गर्न नसक्दा कुनै बैंक तथा वित्तीय संस्थाले ऋणीको घर-जग्गा बोल-कबोलमार्फत कारोबार गरेको कल्पना गर्छन् । वास्तवमा, यो लिलामीको सबैभन्दा पुरानो रूप हो ।

समयको परिवर्तन सँगसँगै धेरै वस्तु र सेवाहरू लिलामीको दायरामा आएका छन् जस्तै: प्राचीन वस्तुहरू, चित्रहरू, दुर्लभ संग्रह, पशुधन, रेडियो स्पेक्ट्रम, प्रयोग कारहरू, उत्सर्जन व्यापार, सेयर बजार आदि । यी सबै वस्तु तथा सेवाहरुको परम्परागत विधिबाट मात्र बोल-कबोलमार्फत कारोबार गर्न अत्यन्तै कठिन भएको महसुस गरी नयाँ डिजाइनको लिलामी कारोबार प्रक्रियाको आवश्यकताको महत्वलाई ध्यानमा राखी लिलामसम्बन्धी सिद्धान्तमा सुधार गरेका र त्यसका लागि नयाँ ढाँचा विकसित गरेको श्रेय अहिलेका नोबेल पुरस्कार विजेता अर्थशास्त्री मिलग्रोम र विल्सनलाई दिइएको छ । मुख्यतः उनीहरूले रेडियो फ्रिक्वेन्सीजस्तो पुरानो तरिकाबाट किनबेच गर्न गाह्रो हुने वस्तु तथा सेवाका लागि लिलामीको तरिका विकसित गरेका हुन्  । यी दुई अर्थशास्त्रीले अमेरिकामा मोबाइल फोनको फ्रिक्वेन्सी बिक्री-वितरणको विधिसमेत तर्जुमा गरेका थिए ।

सबैभन्दा बढी बोली प्रस्ताव गर्ने प्रतिस्पर्धीलाई बेच्ने वा न्यूनतम् प्रतिस्पर्धीबाट सामान खरिद गर्ने गरिन्छ । मानिसहरुले लिलामी शब्द सुन्नेबित्तिकै ऋण समयमै भुक्तानी गर्न नसक्दा कुनै बैंक तथा वित्तीय संस्थाले ऋणीको घर-जग्गा बोल-कबोलमार्फत कारोबार गरेको कल्पना गर्छन् । वास्तवमा, यो लिलामीको सबैभन्दा पुरानो रूप हो ।

लिलामी प्रक्रियाबाट हुने व्यापारमा जहिले पनि उच्च बोली प्रस्ताव गर्ने प्रतिस्पर्धीलाई वस्तु तथा सेवा बेच्न प्रयास गर्छन् वा सस्तो प्रस्ताव गर्ने जोसुकैबाट उनीहरूले किन्न खोज्छन् । परम्परागत बोलकबोल विधिमा प्रतिस्पर्धीहरूले एकअर्काको रणनीति पहिल्याउन खोज्ने, अनावश्यक रूपमा मूल्य बढाउने वा साँठगाँठ गरेर अनुचित लाभ उठाउने सम्भावना उच्च हुन्छ । कुनै स्रोत वा सम्पत्ति हात पार्न प्रतिस्पर्धीहरूले अनावश्यक रूपमा त्यसको मूल्य बढी बनाइदिन्छन् । यसलाई अर्थशास्त्रीहरूले ‘विनर्स कर्स’ नाम दिएका छन् । यसका लागि प्रतिस्पर्धीहरूले कुनै काल्पनिक तथ्यांकहरुको सहायता लिने गरेका हुन्छन् अर्थात् गलत मूल्य घोषणा गर्ने प्रयास गर्छन् । यसको असर दीर्घकालमा नकारात्मक हुने गर्छ ।

रोबर्ट विल्सनले लिलामीसम्बन्धी ‘साझा मूल्य’ (कमन भ्यालु)को सिद्धान्त प्रतिपादन गरे, जसमा उनले कुनै वस्तु तथा सेवाको उत्तम लिलामी मूल्य कति हुनुपर्छ भन्ने कुरा व्याख्या गरिएको छ । यसले गर्दा प्रतिस्पर्धीहरुले बढी मूल्य बोली लगाउन बाध्य हुनु पर्दैन । सुरुवातमा उक्त ‘साझा मूल्य’ अनिश्चित रहने र अन्त्यमा सबैको लागि समान हुने कुरा उनले आफ्नो सिद्धान्तमा व्यक्त गरेका छन् । उनका अनुसार कुनै पनि बुद्दिमानी प्रतिस्पर्धीले किन आफ्नै अनुमानित मूल्यभन्दा कम बोली लगाउँछ भने ऊ जहिले पनि ‘विनर्स कर्स’सँग त्रसित हुन्छ । ‘साझा मूल्य’ सिद्धान्तले विनर्स कर्सको समस्या समाधान गर्नमा महत्वपूर्ण भूमिका खल्ने उनको तर्क छ । साथै, एउटै व्यक्तिले धेरैभन्दा धेरै आयोजनाका इजाजतपत्र कब्जा गरी बस्ने प्रचलनको पनि अन्त्य हुन्छ । यसले गर्दा लिलामीको जिम्मेवारी सही प्रतिस्पर्धीको हातमा जाने र स्रोत-साधनको उपयोग आदर्शतम् तरिकाले हुनेमा विश्वास उनले गरेको देखिन्छ ।

अर्का अर्थशास्त्री पल मिलग्रोमले ‘लिलामीको अधिक सामान्य सिद्धान्त’को प्रतिपादन गरे, जसमा उनले ‘साझा मूल्य’लाई मात्र नभएर ‘निजी मूल्य’ (प्राइभेट भ्यालु) को महत्वलाई पनि जोड दिएका छन् । यो मूल्य प्रत्येक प्रतिस्पर्धीहरुको फरक-फरक हुनसक्छ । लिलामीको क्रममा हरेक प्रतिस्पर्धीहरुले एकअर्काको अनुमानित बोलीको जानकारी प्राप्त गर्न सक्नेछन् । अन्त्यमा, निजी र साझा मूल्य एकअर्काको नजिक हुनुपर्छ, जसले बोलीदाता र विक्रेतालाई फाइदा पुर्यााउँछ । यस सम्बन्धमा उनले थुप्रै लिलामी ढाँचाहरुको विश्लेषण गरी विक्रेतालाई कसरी उच्च अपेक्षित राजस्व दिनेछ भनी व्यख्या गरेका छन् ।

उनीहरुले प्रतिपादन गरेको लिलामी सिद्धान्त विशेष गरी खुला वा गोप्य बोलकबोलको विधिबाट सेयर कारोबार, पुराना चित्रकला, भौतिक सम्पत्तिदेखि बिजुलीको किनबेच, अनलाइन विज्ञापन, खानीजस्ता प्राकृतिक स्रोतको रोयल्टी निर्धारण र रेडियो स्पेक्ट्रमको बिक्रीमा प्रयोग हुँदै आएको छ । हवाई विमान अवतरणको तालिकादेखि माछा मार्ने कोटा निर्धारणमा पनि उक्त विधि प्रयोग भएको छ । यिनीहरुको अनुसन्धानले टेलिकम्युनिकेसन उद्योगमा ठूलो असर पार्न सक्छ, जहाँ निजी कम्पनीहरूले मोबाइल फोन कलदेखि इन्टरनेट भुक्तानीसम्म सबैका लागि सार्वजनिक स्वामित्व रेडियो फ्रिक्वेन्सीहरू प्रयोग गर्न सरकारबाट लाइसेन्स प्राप्त गर्न खोज्छन् । यसले विश्वभरका विक्रेता, खरिददार र करदाताहरूलाई फाइदा पुर्यागउने उनीहरुको दाबी छ ।

मिलग्रमले गुगल, याहु, माइक्रोसफ्ट जस्ता कम्पनीले सेयर जारी गर्ने बेलामा पनि परामर्शदाताको काम गरेका थिए । उनीहरूले सुरूमा यस्तो विधिको आधारभूत अध्ययन गरेका थिए । पछि त्यसलाई व्यावहारिक प्रयोग कसरी गर्न सकिन्छ भन्ने ढाँचा विकास गरे । यसखालको प्राज्ञिक अध्ययन र व्यावहारिक विधिको विकास विरलै हुने गरेको विज्ञहरु बताउँछन् ।

विल्सन, मिलग्रोम र प्रेस्टन म्याकाफीले सन् १९९४ मा अमेरिकी फेडरल कम्युनिकेसन कमिसनका लागि बोलकबोलमार्फत रेडियो स्पेक्ट्रम बिक्रीको विधि तर्जुमा गरेका थिए । त्यसपछि अन्य धेरै देशहरूलाई मोबाइल फोनले प्रयोग गरेको इलेक्ट्रोम्याग्नेटिक स्पेक्ट्रम जस्ता राष्ट्रिय सम्पत्ति बेच्न यसको सहयोग लिने गरेका छन् । मिलग्रमले गुगल, याहु, माइक्रोसफ्ट जस्ता कम्पनीले सेयर जारी गर्ने बेलामा पनि परामर्शदाताको काम गरेका थिए । उनीहरूले सुरूमा यस्तो विधिको आधारभूत अध्ययन गरेका थिए । पछि त्यसलाई व्यावहारिक प्रयोग कसरी गर्न सकिन्छ भन्ने ढाँचा विकास गरे । यसखालको प्राज्ञिक अध्ययन र व्यावहारिक विधिको विकास विरलै हुने गरेको विज्ञहरु बताउँछन् । विभिन्न व्यक्ति र व्यावसायिक संस्थाहरुका भिन्न किसिमका सूचना, उनीहरूका प्राथमिकता, उनीहरूले आंकलन गर्ने मूल्य र रणनीति भिन्न हुने अवस्थामा सार्वजनिक स्रोतहरूको लिलामलाई बढीभन्दा बढी समाजको हितमा हुने गरी उनीहरूले विधि तर्जुमा गरेको दाबी गरेका छन् ।

कुनै पनि मुलुकका सार्वजनिक सम्पत्तिहरु जस्तै: खनिज सम्पदा, वन सम्पदा, रेडियो फ्रिक्वेन्सी आदिलाई लिलामी प्रक्रियाबाट किनबेच गर्दा धेरैभन्दा धेरै मुलुक र समाजको हितमा हुनुपर्छ भन्ने उनीहरुको भनाइ छ । यस्तो वैज्ञानिक र पारदर्शी विधिको अभावमा विभिन्न मुलुकमा राज्यले ठूलो लाभ लिनसक्ने किनबेचहरू, पहुँचका आधारमा आसेपासेलाई दिने वा अत्यन्तै कम मूल्यमा दिने गरिएको छ । ब्राजिल र भारतमा खानी र रेडियो फ्रिक्वेन्सी वितरणमा भएको यस्तै किसिमको घोटाला ठूलो राजनीतिक विवादको विषय बनेको थियो । नेपालमा पनि रेडियो फ्रिक्वेन्सी वितरण विवादास्पद बन्दै आएको छ ।

गत वर्ष अर्थशास्त्रका लागि प्रदान गरिएको नोवेल पुरस्कारको केन्द्र गरिबी र त्यससँग सम्बन्धित विभिन्न पक्षलाई समेटिएको थियो । त्यसको चर्चा हाम्रो देशमा पनि व्यापक रुपमा भएको थियो किनकि त्यो विषय नेपाल र नेपालीको आर्थिक अवस्थासँग मिल्थ्यो । यस वर्षको विषयवस्तु ‘लिलामी’को बारेमा खासै धेरै चर्चा पाइएको छैन । बाहिरी आवरणबाट मात्र हेर्दा तत्काल यो विषयले अल्पविकसित मुलुकको अर्थतन्त्रमा कुनै महत्वपूर्ण भूमिका नरहेको जस्तो देखिन्छ तर वास्तविकता फरक छ । आगामी दिनमा यी मुलुकहरुले पनि विभिन्न क्षेत्रहरु जस्तै: नवीकरणीय ऊर्जा, खनिज, वन, सौर्य ऊर्जा, तेल, इन्टरनेट विज्ञापन, थोक बिजुली, माछा मार्ने अनुमति, कार्बन प्रदूषण क्रेडिटसहित सबै प्रकारका चिजहरुको उचित मूल्य निर्धारणमा पल मिलग्रोम र रोबर्ट विल्सनले प्रतिपादन गरेको लिलामी सिद्धान्तको प्रयोग गर्न सक्छन् । यसले एकातर्फ मुलुकको राजस्वमा वृद्धि गराउन मद्दत गर्छ भने अर्कोतर्फ सीमित स्रोतसाधनको प्रयोग आदर्शतम् तवरले हुनसक्छ ।

प्रकाशित समय १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु