गृहपृष्ठ रौतहटमा गोली प्रहार गरी युवतीको हत्या

रौतहटमा गोली प्रहार गरी युवतीको हत्या

goli_hanahan सांकेतिक तस्बिर ।

माधवनारायण नगरपालिका- ७, लौकाहा टोल बस्ने राम अजोध्या साह तेलीको १७ वर्षीया छोरी अमृताकुमारी साहको अपरिचित व्यक्तिहरूको गोली प्रहारबाट बुधबार राति मृत्यु भएको छ ।

आफ्नै माईतीघरमा आमासँग सुतिरहेको अवस्थामा आमा चर्पी गएको बेलामा ४/५ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले अमृताकुमारीलाई गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय पिपरारज्वाडाबाट खटिएको प्रहरीले गोली प्रहार गर्ने अपरिचित व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु