गृहपृष्ठ नेपाल भर्सेस बंगलादेश (लाइभ हेर्नुहोस्)
नेपाल भर्सेस बंगलादेश (लाइभ हेर्नुहोस्)
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले अहिले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको हो । ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार अपरान्ह ४:४५ बजे सुरु भएको हाे ।
गत शुक्रबार भएको पहिलो मैत्रीपूर्णमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको थियो ।
नेपालको सुरुवाती ११
किरण चेम्जोङ, अनन्त तामाङ, छिरिङ गुरुङ, विकास खवास, रजिन धिमाल, एरिक विष्ट, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, दर्शन गुरुङ र भरत खवास ।
प्रकाशित समय १६:५५ बजे

















