गृहपृष्ठ कोरोनाले रोकिएको कक्षा १२ को परीक्षा आजबाट सुरु
कोरोनाले रोकिएको कक्षा १२ को परीक्षा आजबाट सुरु
कोरोनाभाइरस संक्रमणका कारण वैशाखदेखि रोकिएको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । कक्षा १२ मा अध्ययनरत देशभरका ४ लाख ३२ हजारभन्दा बढी विद्यार्थीले भौतिक रूपमै परीक्षामा सहभागी भएका छन् ।
परीक्षाको पूर्णांकमा भने फेरवदल गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा डेढ घण्टाको मात्र हुनेछ । ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागिएको हो । बाँकी ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने बोर्डले जनाएको छ । परीक्षा १६ गते सकिनेछ ।
प्रकाशित समय ०८:२६ बजे

















