गृहपृष्ठ अछाममा बस दुर्घटना हुँदा १ को मृत्यु, १७ जना घाइते

अछाममा बस दुर्घटना हुँदा १ को मृत्यु, १७ जना घाइते

accident_newskarobar

अछाम सदरमुकाम मंगलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना. ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा साँफेबगर नगरपालिका-३ का १९ वर्षीया नीरज कुँवर रहेका छन् । बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल अछाम लगिएको जिल्ला ट्राफिक कार्यालयका ट्राफिक प्रहरी देवेन्द्र खड्काले बताए । ‘घटनासम्बन्धी अन्य विवरण आउन बाँकी छ,’ उनले भने । घाइतेको टाउको, ढाड तथा हात खुट्टामा बढी चोट लागेको बताइएको छ । बस सडकबाट ५० मिटर तल खसेको थियो । (रासस)

प्रकाशित समय १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु