गृहपृष्ठ थप १४७४ जनामा कोरोना संक्रमण, २९ जनाको मृत्यु

थप १४७४ जनामा कोरोना संक्रमण, २९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण भएको छ । त्यसैगरी थप १ हजार ९ सय ३१ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म २ लाख १४ हजार ५ सय २१ जना कोरोनामुक्त भएका छन् ।

आज थपिएकासहित देशभर कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । कोरोना संक्रमितमध्ये आजसम्म संख्या १ हजार ५ सय ८ जनाको ज्यान गएको छ ।

प्रकाशित समय १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु