गृहपृष्ठ माछापुच्छ्रे बैंकद्वारा पर्यटक प्रतिक्षालय हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा पर्यटक प्रतिक्षालय हस्तान्तरण

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी शाखामार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक प्रतिक्षालयको व्यवस्था गरेको छ । देश तथा विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकहरुलाइ लक्षित गरी बैंकले उक्त प्रतिक्षालय निर्माण गरेको हो । बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्ज्वल पाण्डेले उक्त प्रतिक्षालय लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमणि शाक्य र परियोजना प्रबन्धक सरोज भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।

माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा विभिन्न संघसंस्था तथा सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार र पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । यसका साथै विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजनासमेत गर्दै आएको छ । बैंकले आफ्ना १६० वटा शाखा, १३३ शाखारहित बैकिङ सेवा तथा ५ शाखारहित बैंकिङसमेत गरी जम्मा २९३ स्थानबाट ग्राहकहरुमा बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर २०० वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रकाशित समय १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु