गृहपृष्ठ नेकपा सचिवालय बैठक : अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु
नेकपा सचिवालय बैठक : अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु
नेकपा सचिवालय बैठक (फाइल तस्बिर) ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहीबेर अघि सकिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’का अनुसार अध्यक्षद्वयको प्रस्तावमा आजदेखि छलफल सुरु भएको छ ।
‘आज दुई अध्यक्षले आआफ्नो धारणा राखेका छन् । आजको छलफलमा औपचारिक रुपमा छलफललाई निरन्तरता दिँदै अनौपचारिक संवाद, छलफल र अन्तर्क्रियालाई पनि निरन्तरता दिने निर्णय भएको छ,’ उनले भने । भोलिसम्म नेताहरुबीच अनौपचारिक छलफल गरेर भोलि दिउँसो १ बजे फेरि सचिवालय बैठक बस्ने भएको छ । भोलिको बैठकमा सचिवालयका अन्य नेताहरुले अध्यक्षद्वयको प्रस्ताव उपर आफ्नो धारणा राख्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रकाशित समय १६:५० बजे

















