गृहपृष्ठ भारतमा कोभिड–१९ संक्रमित ९५ लाख नाघे

भारतमा कोभिड–१९ संक्रमित ९५ लाख नाघे

भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

वितेका चौबीस घण्टामा संक्रमित हुनेको संख्या ३३ हजार ७६१ रहेको छ । कूल संक्रमित ९५ लाख ३४ हजार ९६४ मध्ये सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ९३४ रहेको छ ।

भारतमा हालसम्म ८९ लाख ७३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । विगत २४ घण्टामा ४९८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३८ हजार ६५७ पुगेको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १४ करोड ३५ लाख नमूना परीक्षण गरिएको जनाएको छ । भारतमा विगत २६ दिनदेखि ५० हजारभन्दा कम व्यक्ति संक्रमित भेटिएका छन् । पछिल्लो पटक गत नोभेम्बर ७ मा ५० हजार व्यक्ति संक्रमित भेटिएका थिए ।

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ४८ लाख ४५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । कोरोना संक्रमितमध्ये १४ लाख ९९ हजार ३५७ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित समय १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु