गृहपृष्ठ दुई दिनमा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

दुई दिनमा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

पछिल्लो दुई दिनमा सुनको मूल्य तीन सय रूपैयाँ घटेको छ । आइतबार २ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार १ सय रुपैयाँ घटेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबारको लागि तेजावी सुन प्रतितोला ९२ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय १०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु