गृहपृष्ठ सर्वदलीय बैठक सुरू, प्राप्त उपलब्धि रक्षाका लागि एकजुट हुन प्रधानमन्त्रीको आग्रह

सर्वदलीय बैठक सुरू, प्राप्त उपलब्धि रक्षाका लागि एकजुट हुन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा बैठक सुरु भएको जानकारी दिए । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री  केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रमुख एवं प्रतिनिधिहरू सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री ओलीसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, सहमहामन्त्री डा प्रकाशशरण महत, नेमकिपाको तर्फबाट प्रेम सुवाल, जनता समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादव लगायतको सहभागिता रहेको छ ।

बैठकमा सहभागी नेताहरुलाई छलफल गर्दै प्रधानमन्त्री ओलीले कोभिड- १९ को नियन्त्रण, प्राप्त उपलब्धिहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका छन् ।

यसअघि गएको वैशाख ३१ मा सर्वदलीय बैठक बसेको थियो । त्यसबेला नेपाली भूमि मिचेर भारतले चीनसँग जोड्ने सडक निर्माण गरेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए ।

प्रकाशित समय १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु