गृहपृष्ठ एनआइबीएल सहभागिता फण्ड भुक्तानी अब ‘खल्ती’बाट

एनआइबीएल सहभागिता फण्ड भुक्तानी अब ‘खल्ती’बाट

नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्णस्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्नो ग्राहकको सुविधालाई ध्यानमा राखी Khalti एपको माध्यमबाट एनआइबीएल सहभागिता फण्ड (खुलामुखी योजना)का इकाइ खरिदको भुक्तानी गर्नसक्ने व्यवस्था मिलाइएको छ । एस क्यापिटलले यो सेवा सोमबारदेखि सुरु गरेको हो ।

यसअघि एनआइबीएल सहभागिता फण्डका लगानीकर्ताहरुलाई Connect IPS र Nepal Investment Bank Ltd को E-Banking बाट मात्रै यो सेवा प्रधान गरिएको थियो । लगानीकर्ताहरुलाई विनाझन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको कोष प्रबन्धक, एनआईबीएल एस क्यापिटलले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

यससम्बन्धी थप जानकारीको लागि एनआईबीएल एस क्यापिटलको प्रमुख शाखाको टेलिफोन नम्बर ०१४४२५२८० मा सम्पर्क गर्न अथवा [email protected] मा इमेल गर्न सकिने जनाइएको छ ।

प्रकाशित समय १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु