गृहपृष्ठ थप १०४४ जनालाई कोरोना, १२७१ डिस्चार्ज, ११ जनाको मृत्यु
थप १०४४ जनालाई कोरोना, १२७१ डिस्चार्ज, ११ जनाको मृत्यु
नेपालमा थप १ हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएको यो संख्यासहित नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार २ सय ७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ । हाल देशभर १२ हजार १ सय ४८ जना सक्रिय संक्रमित छन् भने ५ सय १९ जना क्वारेन्टिनमा छन् ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १६:१९ बजे

















