गृहपृष्ठ ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक

‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक

कला चल्यो, गला चल्यो, मान्छे चलेन

तिम्रो घरमा मेरी छोरी भान्से चलेन

किन सम्धिनी मान्छे चलेन

किन सम्धीज्यू भान्से चलेन

बद्री पंगेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक भएको छ । बद्री पंगेनी युट्युव च्यानलबाट बजारमा आएको गीतमा पंगेनी र रचना रिमालले स्वर दिएका छन् । गीतमा नारायण ज्ञवालीका शब्द र पंगेनी आफैँको संगीत छ । पहिलो पटक गीतको भिडियो निर्देशन पंगेनी आफैँले गरेका हुन् ।

बिपी फिल्म प्रालिले निर्माण गरेको भिडियोमा सन्तोष पन्त, लक्ष्मी गिरी, टीका जैसी, रेश्मी भट्ट, कृष्ण बराल, मनिषा राउत र बालकलाकार जेनिशा बुढा मगरको अभिनय तथा विश्वास नेपालको संगीत संयोजन छ । पंगेनीले रहर जागेर भिडियो निर्देशन गरिएको र आगामी दिनमा पनि निर्देशनलाई निरन्तरता दिन सक्ने बताए । उनका अनुसार समाजमा जरा गाडेर रहेको जातीय विभेदको समस्या उजागर गर्दै अन्त्य गर्नमा मद्दत गर्ने विश्वास लिइएको छ ।

हाम्रा चेलीहरुलाई कहिले न्याय हुन्छ

जातीय विभेद देख्दा न्याय आफैँ रुन्छ

दाइजो देको औंठी चल्यो, मान्छे चलेन

गीतमा कथित उपल्लो जातको युवकले कथित तल्लो जातकी युवतीसँग प्रेम गर्छ । उसले आफ्ना बुवाआमासँग विवाहको प्रस्ताव राख्छ, तिनले पानी नचल्ने भनिएकीसँग विवाह गर्न अस्वीकार गर्छन् । उसले विवाह नभए आत्महत्या गर्ने बताएपछि बाबुआमाले विवाह गर्ने स्वीकृति दिन्छन् । विवाह गरी युवक परदेशतिर लाग्छ । यता घरमा नयाँ बुहारी जातीय विभेदको चपेटामा पर्छे । श्रीमान् आएपछि उनीहरु दुवै न्यायको ढोका ढक्ढक्याउन पुग्छन् । बुवाआमा दुवैलाई प्रहरीले पक्राउ गरी अदालतसम्म पुर्‍याउँछ । कानून बुझेपछि उनीहरुले बुहारीलाई स्वीकार्छन् र भान्सा सुम्पिन्छन् ।

प्रकाशित समय १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु