गृहपृष्ठ गाउँपालिका अध्यक्ष र उपाध्यक्षको १० वर्षे माया विवाह बन्धनमा परिणत

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको १० वर्षे माया विवाह बन्धनमा परिणत

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष विवाह बन्धनमा बाँधिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार विवाह भएको हो । दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् । उनीहरुले शुक्रबार हेम्जानजिकको गुम्बामा विवाह गरको छन् ।

विवाह बन्धनमा बाँधिँदै गर्दा उनीहरुले करिब १० वर्षदेखिको मायाजालले पूर्णता पाएको बताए । उमेरबारे सोध्दा दुवै मुस्कुराएमात्र । ढिला भए पनि परिवारको स्वीकृतिमा मागी विवाह भएको उनीहरुको भनाइ छ । विवाहमा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङलगायतको उपस्थिति थियो ।

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु