गृहपृष्ठ सुनको मूल्य प्रतितोला ९४ हजार ३०० पुग्यो
सुनको मूल्य प्रतितोला ९४ हजार ३०० पुग्यो
सुनको मूल्य शुक्रबार पनि बढेको छ । सुन शुक्रबार ८ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी पनि तोलामा २५ रुपैयाँले महँगिएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार उतारचढाव आएसँगै नेपाली बजार पनि प्रभावित हुने गरेको छ । नेपालमा यूएई, टर्की, स्विट्टजरल्यान्डलगायतका देशबाट सुन भित्रिन्छ ।
प्रकाशित समय ११:५४ बजे

















