गृहपृष्ठ ‘हल अफ फेम’ पुस ११ गतेदेखि प्रशारण हुँदै

‘हल अफ फेम’ पुस ११ गतेदेखि प्रशारण हुँदै

गायन प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेमको सिजन २ आगामी पुस ११ गते शनिबारदेखि सुरु हुने भएको छ । एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हुन लागेको यो सिंगिंग रियालिटी शोको प्रशारण हिमालय टेलिभिजनबाट पनि गरिनेछ ।

विश्वभरका सैयौं प्रतिस्पर्धीबाट छनोट भएका टप ५० गायन प्रतिभाहरुबीचको यो प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा छ । कोभिड-१९ कोरोना महामारीले विश्व नै ठप्प भएको बेला घोषणा गरिएको अन्तर्राष्ट्रिय अनलाइन प्रतिष्प्रर्धा निर्णायकको रुपमा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका चर्चित गायक विवेक श्रेष्ठ र रेजिना रिमाल रहनेछन् । कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ र मिस नेपाल ओसेनिया २०२० जेमिना श्रेष्ठले संयुक्त रुपमा गर्नेछन् । जेमिना श्रेष्ठ अष्ट्रेलियामा रहेर नै कार्यक्रमको सञ्चालन गर्नेछिन् भने निर्णायक मण्डलका एक सदस्य गायक विवेक श्रेष्ठ पनि अष्ट्रेलियामै छन् ।

हल अफ फेम सिजन २ मा सहभागी हुन कुनै उमेरको बन्देज लगाइएको छैन भने विश्वका विभिन्न १२ देशबाट प्रतिष्प्रर्धीहरुले सहभागिता जनाएका छन् । गत नोभेम्बर १५ सम्ममा आएका आवेदनमध्येबाट निर्णायक मण्डलले टप ५० को छनोट गरेका हुन् । हिमालय टेलिभिजनमा राति ८ बजेदेखि ९ बजेसम्म प्रशारण हुने हल अफ फेम सिजन २ को समापन आगामी माघ २४ गते शनिबार हुनेछ ।

कार्यक्रमको निर्माणमा विश्वस्तरको गायन प्रतिस्पर्धाहरुमा निर्देशक लक्ष्मण पौडेल रहेका छन् । विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कार पाउनेछन् । जसमा १ लाख नगद र गीत रेकडिङ, म्युजिक भिडिया निर्माण, अन्तर्राष्ट्रिय प्रवर्द्भनलगायत समावेश छ ।

प्रकाशित समय ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु