गृहपृष्ठ सुनको मूल्य ९ सय रूपैयाँ घट्यो

सुनको मूल्य ९ सय रूपैयाँ घट्यो

बुधबार सुन ९ सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको हो । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

प्रकाशित समय ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु