गृहपृष्ठ पोखरामा जसपाको सरकारविरुद्ध प्रदर्शन

पोखरामा जसपाको सरकारविरुद्ध प्रदर्शन

जनता समाजवादी पार्टी नेपालले पोखरामा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि देशव्यापी रुपमा विरोध प्रदर्शन भइरहेको छ ।
पोखरामा पनि आज जनता समाजवादी पार्टीले चिप्लेढुंगाबाट सुरु गरेको र्‍याली महेन्दपुलमा गएर कोण सभा गरेको छ । प्रदर्शनकारीहरुले निदारमा कालो पट्टि बाँधेर ओलीको निर्णय अलोकतान्त्रिक भएको भन्दै प्रदर्शन गरेका थिए ।

प्रतिनिधि सभा विघटन गरेपछि ओलीले नेपाली जनताको भविष्यमामाथि खिल्ली उठाएको जनता समाजवादी पार्टीका नेता नेत्र चापागाईंले बताए । उनले भने, ‘ओलीको अलोकतान्त्रिक तबरले प्रदर्शन हुनु भनेको देशमा विदेशी शक्तिको खेल हुने हो ।’ जसपाले अझै ३ दिने आन्दोलनको कार्यक्रम तय गरेको छ । भोलि देशभरका पार्टी कमिटीहरुको बैठक गर्ने र शुक्रबार राष्ट्रपति र प्रधानमन्त्रीको ७७ जिल्लामा पुत्ला दहन गर्ने कार्यक्रम रहेको जसपाले जनाएको छ ।

प्रकाशित समय १५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु