गृहपृष्ठ नेपाली गाइडहरु ‘भिल्लको देशमा मणि !’
नेपाली गाइडहरु ‘भिल्लको देशमा मणि !’
घटना अलि पुरानो अर्थात २०७६ साल चैत ११ पछिको हो, जतिखेर चीनबाट फैलन सुरु भएको नोभेल कोरोनाभाइरस (कोभिड- १९) को महामारीको संक्रमणबाट बच्न/बचाउन विश्वका विभिन्न देशहरुले विभिन्न विधिहरु अपानाएका थिए । जस्तै, लकडाउन, निषेधाज्ञा आदि । नेपालले भने लकडाउनको नीति लियो । स्मरणीय छ, चैत ११ मा १ हप्ताका लागि गरेको ‘लकडाउन’ सरकारले २०७७ जेठ अन्तिमसम्म जारी राख्यो ।
त्यो बेला कञ्चनजंघा, मकालु, लुक्ला, नाम्चे, गौरीशंकर, हेलम्बु, गोसाइकुण्ड, लाङटाङ, गणेश हिमाल, गोरखाको चुम भ्याली, मनास्लु, मनाङको नार-फु, थोराङपास, माथिल्लो मुस्ताङ, मुक्तिनाथ, जोमसोम, धौलागिरि, माथिल्लो डोल्पा, हुम्ला, सिमकोट, लिमी, दार्चुला आदि पर्यटकीय क्षेत्रमा घुम्न गएका केही न केही विदेशी पर्यटकहरु फर्कन बाँकी रहेका थिए । उनीहरुका साथमा नेपाली गाइडका साथै भरियाहरु पनि रहेका थिए । नेपालमा भर्खरै सुरु भए तापनि त्यसअघि नै ‘नोभेल कोरानाभाइरस-२०१९’ (कोभिड- १९) भाइरसको महामारीले विश्वलाई त्राहिमाम ! बनाइसकेको अवस्था थियो ।
नेपालमा पनि कोरानाभाइरस महामारीले केही असर पारिसकेको अवस्था थियो । त्यसै बेला नेपाल सरकारले आफ्नो देश र जनताहरुलाई कोरोनाभाइरसको महामारीको संक्रमणबाट बचाउन विश्वका विभिन्न देशले अपनाएको विभिन्न विधि वा भनौं नीतिमध्ये लकडाउनलाई अपनाउने घोषणा गर्यो । स्मरणीय छ, चैत ११ मा १ हप्ताका लागि भनी ‘लकडाउन’ सुरु गरेको सकारले चैत १७ र चैत २४ गरी दोस्रोपटक ‘लकडाउन’ थप्दै २०७७ साल वैशाख ३ हुँदै लकडाउन जेठको अन्तिमसम्म पुर्याएको थियो भनी माथि नै उल्लेख भएको छ । सकारले गरेको सो लकडाउनलाई मानवीय सुरक्षाको हिसाबले हेर्दा उत्कृष्ट विकल्प त्यही नै थियो भन्न सकिन्छ । भलै अझैं पनि कतिपय नेपालीहरु कोरोना महामारीलाई केही होइन भनेझैं गरेर ‘फेसमास्क’ नलगाइ हिँड्छन् ।
यसरी त्यो बेला नेपाल सरकारले अकस्मात रुपमा गरेको ‘लकडाउन’ अपनाउने घोषणाले नेपालको विभिन्न क्षेत्रमा रहेका ,जस्तै ताप्लेजुुङ जिल्लाको कञ्चनजंघा क्षेत्र, संखुवासभाको मकालु-बरुण क्षेत्र, लुक्ला, नाम्चे, सगरमाथा बेस क्याम्प, गौरीशंकर, हेलम्बु, गोसाइकुण्ड, लाङटाङ, गणेश हिमाल, गोरखा जिल्लाको चुम भ्याली, मनास्लु, मनाङ जिल्लाको नार-फु, थोराङपास, माथिल्लो मुस्ताङ, मुक्तिनाथ, जोमसोम, धौलागिरी, माथिल्लो डोल्पा, हुम्ला, सिमकोट, लिमी, दार्चुला आदि पर्यटकीय क्षेत्रमा केही न केही विदेशी पर्यटकहरु बाँकी रहेका थिए ।
उनीहरुका साथमा नेपाली गाइड वा भरियाहरु पनि रहेका थिए । ती क्षेत्रमा केही न केही भए पनि बाँकी रहेका ती विदेशी पर्यटकहरु र उनीहरुको साथमा रहेका नेपाली गाइड वा भरियाहरुका लागि तत्काल के-कसो गर्ने ? सरकारले केही सोचेन । तर, यसै मेसोमा विभिन्न देशका नेपालस्थित राजदूतावासहरुले भने आफ्नो देशबाट नेपाल घुम्न आएका नागरिकहरु कहाँ र कुन अवस्थामा छन् ? सोधखोज सुरु गर्यो । साथै स्वदेश फर्कन चाहनेहरुलाई उद्धारको व्यवस्था पनि गर्यो । फलतः त्यो बेला लगभग ३० हजार विदेशी पर्यटकहरुलाई नेपालको विभिन्न क्षेत्रबाट उद्धार गरी उनीहरुको देश फिर्ता गरिएको थियो ।
तर, त्यो बेलाको नेपाली गाइडहरुको कथा-व्यथा भने फरक थियो है कमरेडहरु ! किनभने, सरकारले त्यो बेला अकस्मात रुपमा गरेको ‘लकडाउन’ अपनाउने घोषणाले नेपालको विभिन्न क्षेत्रमा रहेका जस्तै ताप्लेजुुङ जिल्लाको कञ्चनजंघा क्षेत्र, संखुवासभाको मकालु-बरुण क्षेत्र, लुक्ला, नाम्चे, सगरमाथा बेस क्याम्प, गौरीशंकर, हेलम्बु, गोसाईँकुण्ड, लाङटाङ, गणेश हिमाल, गोरखा जिल्लाको चुम भ्याली, मनास्लु, मनाङ जिल्लाको नार-फु, थोराङपास, माथिल्लो मुस्ताङ, मुक्तिनाथ, जोमसोम, धौलागिरी, माथिल्लो डोल्पा, हुम्ला, सिमकोट, लिमी, दार्चुला आदि पर्यटकीय क्षेत्रमा केही न केही विदेशी पर्यटकहरु बाँकी रहेका थिए ।
उनीहरुका साथमा नेपाली गाइड वा भरियाहरु पनि रहेका थिए । ती नेपाली गाइड वा भरियाहरुलाई तत्कालका लागि के-कसो गर्ने ? सरकारले उनीहरुका लागि कुनै नीति लिएन । त्यसैले त्यो बेला विदेशी पर्यटकहरुलाई तत्कालै उद्धार गरियो । तर नेपाली गाइड र भरियाहरुको उद्धार भने तत्काल भएन/गरिएन । त्यसो त पर्यटकीय सिजनमा सँधै विदेशी पर्यटकहरुको भीडभाड हुने पोखरा, लुक्ला, जोमसोमलगायत ठाउँमा त नेपालीहरुले हवाई टिकट पाउनु नै पनि साह्रै कठिन हुने गर्छ । त्यसैले ती पर्यटकीय स्थलबाट उडेर फर्कन चाहने नेपाली यात्रुहरुले कम्तिमा ३/४ दिनदेखि हप्ता-दश दिन पर्खनु त सामान्य नै हो ।
तापनि यसपटक लुक्ला, जोमसोमलगायत ठाउँबाट प्रायः सबै विदेशी पर्यटकहरुको तत्काल उद्धार हुँदा नेपाली गाइडहरुको भने तत्कालै उद्धार भएन । २०/२२ दिनदेखि झण्डै एक महिनासम्म उनीहरुले एकै ठाऊँमा बस्नुपर्यो । यसमा सम्बन्धित ट्रेकिङ एजेन्सीहरु र नेपाल सरकारको ठूलो कमजोरी रहेको देखिन्छ । कारणवश आपतमा परेका आफ्ना देशका नागरिकलाई सरकारले कर्तव्य सम्झेर तत्कालै उद्धार गर्नुपर्थ्यो । तर, हुन त हाम्रो देश नेपाललगायत धेरै अल्प विकशित वा भनौं विकाशशील देशतर्फ लम्कँदै गरेको ! भनिने देशहरुका लागि ‘मानव पुँजी वा भनौं मानव स्रोत’ भनेको के हो ? र, मानव पुँजी वा भनौं मानव स्रोत’को महत्व देशका लागि कति आवश्यक र महत्वपूर्ण छ ?
यसको महत्व र गाम्भीर्यता बुझ्ने सरकार, नीति निर्माण गर्ने तहमा बसेका कर्मचारी र देशका विद्धान वा विषय विज्ञ भनिनेहरुले नबुझ्दा वा प्रष्ट नहुँदासम्म यस्ता समस्याहरु एकपटक मात्रै आउने होइन कि, पटक-पटक दोहोरिने छ । अझ त्यसमा पनि औपचारिक रुपमा कति पढेको ? भन्ने भन्दा पनि विदेशीलाई गाइड गर्नेहरुले आफ्नो मातृभाषा र राष्ट्रभाषाबाहेक कम्तिमा १ वा २ देखिमाथि ३, ४ वटा अन्य (विदेशी भाषा) भाषा जानेको हुन्छ । उनीहरुले आफ्नो देशमा घुम्न आएका विदेशी पर्यटकहरुलाई आफ्नो देश, आफ्नो देशको इतिहास, आफ्नो देशको ऐतिहासिक पृष्ठभूमि, विभिन्नि कालखण्डका शासक वा तिनका वंशहरु, वर्तमान राजनीतिक व्यवस्था, यहाँका जातजाति, यहाँका सम्पदा, भाषाभाषी, धर्म, संस्कार, संस्कृति, चाडपर्व, उत्सव, महोत्सव, रीतिथिति, भूगोल, हिमाल, हिमताल, हिमनदी, वातावरण, वन्यजन्तु, चराचुरुंगी आदिका बारेमा तथ्यपरक, सही र वास्तविक सूचना दिएर आफ्नो देशको नाम ऊँचो राख्ने गर्छन् । हुन त यस मामलामा केही ट्रेकिङ गाइड र टुर गाइड साथीहरु चुक्ने गरेका पनि देखिन्छ । किनभने, यो पंक्तिकार स्वयं पनि नाथ्हमले आयोजना गर्ने ट्रेकिङ गाइड ट्रेनिङ गरेको (ट्रेकिङ गाइड लाइसेन्स नम्बर- ४२४२/‘ग्रेड ए’ होल्डर हो) मान्छे हो । यसरी हेर्दा आफ्नो देशमा घुम्न आएका विदेशीहरुलाई सही जानकारी दिने प्रथम व्यक्ति नै गाइडहरु हुन्छन् ।
त्यसैले विश्वका सबै देशका सरकारले गाइडहरुलाई आफ्नो देशको ‘अवैतनिक राजूदत’का रुपमा मान्यता दिएको हुन्छ । तर, हाम्रो देश नेपालमा । महत्वपूर्ण कुरो के भने, गाइड उत्पादनमा हालसम्म राज्यको एक पैसा पनि लगानी परेको छैन । उल्टै (ट्रेकिङ र टुर दुवै तालिममा) तालिम गर्दा ताका राजस्व तिरेको हुन्छ भने, गाइड गर्न जाँदैपिच्छे उसले आफ्नो तलबबाट निश्चित प्रतिशत राज्यलाई आय कर तिर्छ । यसरी राज्यको एक पैसाबिना उल्टै राज्यलाई फाइदा गराउने ट्रेकिङ गाइड साथीहरुले यसपटक लुक्लालगायत पर्यटकीय स्थलमा २०/२२ दिनदेखि झण्डै एक महिनासम्म रोकिएर जुन नियति भोगे । त्यसले हामी नेपाली ट्रेकिङ गाइडहरु ‘भिल्लको देशमा मणि’ भनेझैं भए ! तै ढिलै भए पनि पछि सरकारले उद्धार गर्यो ।
मानव पुँजी वा भनौं मानव स्रोतको महत्व देशका लागि कति आवश्यक र महत्वपूर्ण छ ? यसको महत्व र गाम्भीर्यता बुझ्ने सरकार, नीति निर्माण गर्ने तहमा बसेका कर्मचारी र देशका विद्धान वा विषय विज्ञ भनिनेहरुले नबुझ्दा वा प्रष्ट नहुँदासम्म र नचेतेसम्म यस्ता समस्याहरु एकपटक मात्रै आउने होइन कि, पटक-पटक दोहोरिनेछन् । फेरि पनि नेपाली गाइडहरु ‘भिल्लको देशमा मणि !’ हुनेछन् ।
अन्तमा नेपाल सरकारका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा खासगरी अति विकट क्षेत्रहरुमा केहीगरी आकस्मिक रुपमा हिमपहिरो, हिमआँधी, ठूलो हिमपात लगायतका आपत विपत आई लागेमा त्यहाँको वस्तु–स्थितिबारे तुरुन्तै सूचना दिने व्यवस्था गर्नु पर्यो । कतिपय विकशित देशमा केहीगरी आपत विपत आई लागेमा पर्यटकको उद्धारका लागि बढीमा ८/९ मिनेटदेखि बढीमा १०र१२ मिनेटमा रेस्क्यु गर्ने हेलिकप्टरहरुको व्यवस्था गरेको हुन्छ । हामीले त्यसो गर्न नसके तापनि कम्तिमा २५, ३०, ३५,४० मिनेटसम्ममा रेस्क्यु गर्ने हेलिकप्टरको व्यवस्था गर्नेतर्फ पहल गरेदेखि धेरै राम्रो हुन्थ्यो ।
प्रकाशित समय १३:१५ बजे

















