गृहपृष्ठ चिन्तामणि शिवाकोटीको ‘जिउँदै छु’ सार्वजनिक
चिन्तामणि शिवाकोटीको ‘जिउँदै छु’ सार्वजनिक
नेपाल राष्ट्र बैँकको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नयाँ गीत सार्वजनिक भएको छ । शिवाकोटीले लेखेको ‘जिउँदै छु…’ आइतबार युट्युबबाट सार्वजनिक गरिएको हो । गीतमा निर्मल पनेरुले स्वर दिएका छन् । गायक पनेरु प्रहरी निरीक्षक हुन् ।
हरि लम्सालले संगीतबद्ध गरेको गीतमा मिलन कार्की र सुशीला थापाले अभिनय गरेका छन् । १२ नोटले निर्माण गरेको गीतको भिडियो बुद्ध थापाले खिचेका हुन् भने रायन कार्कीले निर्देशन गरेका हुन् ।
२०४३ सालबाट गीत लेख्न थालेका शिवाकोटीका १३ वटा गीत रेकर्ड (अडियो) भइसकेका छन् । म्युजिक भिडियो बनेको यो दोस्रो गीत हो । यसअघि गत अगस्टमा ‘आएन खबर…’ रिलिज भएको थियो । मेलिना राईको स्वरमा रहेको ‘आएन खबर…’ हालसम्म २ लाख ६१ हजार पटक हेरिसकिएको छ ।
प्रकाशित समय १३:४३ बजे

















