गृहपृष्ठ सेयर बजार बढ्यो

सेयर बजार बढ्यो

सेयर बजार परिसूचक नेप्से सोमबार बढेको छ । नेप्सेमा सूचीकृत व्यापार, विकास बैँक र अन्यबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक नेप्से ८.५७ अंकले बढेर २००७.२९ अंकमा उक्लिएको हो ।

सोमबार २१४ कम्पनीको ७४ लाख ९७ हजार ३८४ कित्ता सेयर ३ अर्ब ८५ करोड रूपैयाँबराबरमा किनबेच भएको छ । नारायणी डेभलपमेन्ट बैँक र सेन्ट्रल फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ३४ करोड ९१ लाखको सेयर किनबेच भयो । नागरिक लगानी कोष, एनआईसी एसिया बैँक, नबिल बैँक, शिवम् सिमेन्टलगायत कम्पनी पनि सर्वाधिक कारोबार हुने सूचीमा परेका छन् ।

प्रकाशित समय १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु