गृहपृष्ठ सरकार र उखु किसानबीच चार बुँदे सहमति

सरकार र उखु किसानबीच चार बुँदे सहमति

फाइल तस्बिर ।

आन्दोलनरत उखु किसान र सरकारबीच सोमबार चार बुँदे सहमति भएको छ । सहमतिअनुसार सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने भएको छ । सहमतिपछि उखु किसानहरूले आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन् ।

किसानको बक्यौता रकम २१ दिनभित्र उद्योगीबाट दिलाउन मन्त्रालयले पहल गर्ने र त्यो पनि सम्भव नभए कानुनी प्रक्रिया अघि बढाउने गरी सहमति भएकाे बताइएको छ । वार्ता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको थियो ।

प्रकाशित समय १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु