गृहपृष्ठ तीन करोड ६५ लाख भ्रष्टाचार अभियोगमा आयोजना प्रमुखसहित पाँचविरुद्ध मुद्दा

तीन करोड ६५ लाख भ्रष्टाचार अभियोगमा आयोजना प्रमुखसहित पाँचविरुद्ध मुद्दा

akhtiyar-newskarobar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनियर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख रवि सिंह र प्रबन्ध निर्देशक मदनकुमार अधिकारी तथा सोही निर्माण कम्पनीका प्रतिनिधि सन्तोष प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

ग्याबिन तार जालीमा घोटाला भएको पाइएको भन्दै छानबिन गर्दा अनियमितता भएको पाइएपछि अख्तियारले गरेको छानबिनमा तीन करोड ६५ लाख नौ हजार ४५६ बराबरको बदमासी भेटिएको हो । आयोगले आरोपी सबैलाई बिगोअनुसारको कारबाहीको माग दाबी गरेको छ ।

प्रकाशित समय ०६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु