गृहपृष्ठ संसद विघटनको विरोधमा आज नेकपाको देशभर प्रदर्शन, काठमाडौँका ८ स्थानबाट जुलुस निस्किँदै

संसद विघटनको विरोधमा आज नेकपाको देशभर प्रदर्शन, काठमाडौँका ८ स्थानबाट जुलुस निस्किँदै

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी नेकपाले आज संसद विघटनको विरोधमा सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । नेकपाको प्रचण्ड-माधव नेपाल समूहले काठमाडौँमा मात्रै ५० हजार कार्यकर्ता उतारेर आन्दोलन गर्ने तयारी गरेको छ ।

बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका ८ स्थानबाट जुलुस सुरु निस्किनेछन् । टेकु, कुपण्डोल, नयाँ बानेश्वर, लैनचौर, नक्सालबाट नेताहरूले जुलुसको नेतृत्व गर्नेछन् भने रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाको जुलुस निस्किनेछ । जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाका काठमाडौँ सचिव हिमाल शर्माले जानकारी दिए ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा सोमबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रबाट विरोध प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी र नागरिक अगुवाले निरन्तर विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएका छन् ।

प्रकाशित समय ०८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु