गृहपृष्ठ ओलीले जनमतलाई धोका दिए : खनाल

ओलीले जनमतलाई धोका दिए : खनाल

Jhalanath_NewsKarobar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली जनताले विश्वास गरेर नेकपालाई दिएको जनमतलाइ केपी ओलीले धोका दिएको आरोप लगाएका छन् ।

नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा आयोजित विरोध सभामा पूर्वप्रधानमन्त्री खनालले ओलीले बालुवाटारमा बसेर गुट चलाएको आरोप लगाए । जनताले केपी ओलीलाई नभइ नेकपालाई भोट दिएको उनको भनाइ थियो ।

विरोध सभामा उनले प्रधानमन्त्री ओलीले पार्टीलाई सत्ता चढ्ने भर्‍याङमात्र बनाएको आरोप लगाउँदै बालुवाटरमा पुगेको भोलिपल्टबाट पार्टी बिर्सेको, पार्टीका नीतिहरू बिर्सेको आरोप लगाए । पार्टीसँग समन्वय नगरी नीति तथा कार्यक्रम र बजेट ल्याइएको आरोप पनि खनालले लगाए ।

गफ गरेर देश चल्दैन, उखान र तुक्का हालेर देश चल्दैन,’ खनालले भने,’ देशका लागि भिजन चाहिन्छ, सही नीति र योजना चाहिन्छ। ‘

पूर्वप्रधानमन्त्री खनालले तीन वर्षका अवधिमा ओली नेतृत्वको सरकारले मरिचमान सिंह, नगेन्द्रप्रसाद रिजालले गरे पनि गर्न नसकेको आरोप लगाए ।

 

प्रकाशित समय १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु