गृहपृष्ठ राष्ट्रियसभाको हिउँदे अधिवेशन भोलिबाट, यस्तो छ कार्यसूची

राष्ट्रियसभाको हिउँदे अधिवेशन भोलिबाट, यस्तो छ कार्यसूची

राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबारबाट सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिका लागि राष्ट्रियसभाको अधिवेशन बोलाएकी छन् । भोलिको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक परिषद्को अध्यादेश लगायतका विषयमा छलफल हुने कार्यतालिका छ ।

कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले राष्ट्रियसभाको अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गरेको हो । कार्यसूची अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जारी गरेको समिति गठनसम्बन्धी आदेश, २०७७ र थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वसम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरूमाथि पनि छलफल हुने भएको छ ।

प्रकाशित समय १४:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु