गृहपृष्ठ प्रदेश १ का मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन
प्रदेश १ का मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन
केन्द्रमा राजनीतिक रुपमा विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको उत्कर्ष प्रदेश १ मा पनि देखिएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा रहेका (नेकपा)का १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका छन् । आफूमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदहरुलाई उनले निलम्बन गरेका हुन् ।
आजै बसेको नेकपा प्रचण्ड-माधव समूहको संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीम आचार्यलाई दलको नेता प्रस्ताव गरेको थियो । यसअघि नेकपाका ६७ सांसदमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित समय १६:२१ बजे

















