गृहपृष्ठ मजदुरका नाममा कम्पनी दर्ता गरि कर छल्नेमाथि मुद्दा
मजदुरका नाममा कम्पनी दर्ता गरि कर छल्नेमाथि मुद्दा
कमजोर आर्थिक अवस्था भएका मजदुरका नाम कम्पनी दर्ता गरि नक्कली मूल्य अभिवृद्घि कर (भ्याट) सहितका कर छली गर्ने सर्लाही जिल्ला स्थाई घर भई पद्मा कोलनी सितापाइला, बस्ने रामकिसोर प्रसादसहित २८माथि राजस्व अनुसन्धान विभागले कर छलीमा मुद्दा दयार गरेको छ ।
प्रसादले मोहन ट्रेड इन्टरनेसनललगायत विभिन्न २६ वटा नक्कली फर्म/कम्पनी दर्ता गरेर आ.व. २०७१/७२ देखि २०७४/७५ सम्ममा राजस्व छलेको विभागले जनाएको छ ।
विभागका अनुसार प्रसादसहित २८ जनाले ४३ करोड ८१ लाख ८० हजार, आयकर ८६ करोड ५६ लाख र लाभांश कर २ करोड ८ लाख गरी १ अर्ब ३२ करोड ८६ लाख रूपैयाँ कर छली गरेका थिए ।
विभागले कर छलीमा संलग्न मुख्य कारोबारी प्रसादसहित ती विभिन्न फर्मका प्रोप्राईटरहरू २८ जनामाथि १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो असुल उपर गरी जरिवाना र कैद सजायको मागसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको जनाएको छ ।
प्रकाशित समय १६:२९ बजे

















