गृहपृष्ठ संसद विघटनविरुद्ध काग्रेसद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

संसद विघटनविरुद्ध काग्रेसद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

nepali_congress

संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले थप आन्दोलन गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २५ गतेदेखि दोस्रो चरणको सडक संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

बैठकले पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । माघ ३ गते नगर तथा गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ । भ्रातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न कांग्रेसले निर्देशन दिएको छ । यसअघि कांग्रेसले पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

प्रकाशित समय १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु