गृहपृष्ठ सुनको मूल्य ८ सय रूपैयाँ बढ्यो

सुनको मूल्य ८ सय रूपैयाँ बढ्यो

gold-price-hike-newskarobar

साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो ।

सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबारको लागि तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रूपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्यसमेत बढेको छ । आइतबार १३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २५ रूपैयाँ बढेर १३ सय २५ रुपैयाँ मूल्य तोकिएको महासंघले जनाएको छ ।

प्रकाशित समय १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु