गृहपृष्ठ सेयर बजार सामान्य घट्यो, ५० कम्पनीका लगानीकर्ताले कमाए
सेयर बजार सामान्य घट्यो, ५० कम्पनीका लगानीकर्ताले कमाए
गत साताको सोमबारदेखि लगातार उकालो लागेको सेयर बजार परिसूचक नेप्से आज सामान्य घटेको छ । बजार एक सातापछि ६ अंकले घटेको हो ।
विकास बैँक, जलविद्युत, वित्त, जीवन बिमा र अन्यबाहेकका सबै समूह घटेपछि समग्र बजार परिसूचक ६.३६ अंकले घटेर २१६९.०४ अंकमा झरेको छ । सोमबार २०२ कम्पनीको १ करोड १६ लाख ४३ हजार ४२९ कित्ता सेयर ५ अर्ब ९६ करोड रुपैयाँमा किनबेच भएको छ । यो कारोबार रकम आइतबारको भन्दा केही कम हो । आइतबार ६ अर्ब ३४ करोडको सेयर कारोबार भएको थियो ।
घटेको बजारमा पनि ५० कम्पनीका लगानीकर्ताले कमाएका छन् । जानकी फाइनान्स र किसान लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै नारायणी डेभलपमेन्ट बैँक, राधी हाइड्रो, शिखर इन्स्योरेन्स, सानिमा माई हाइड्रो, युनाइटेड इन्स्योरेन्सलगायत सर्वाधिक कमाउने कम्पनीको सूचीमा परेका छन् ।
सोमबार सर्वाधिक नेपाल रिइन्स्योरेन्स कम्पनीको ४८ करोडको सेयर किनबेच भयो । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ४० करोडको, नेपाल टेलिकमको ३७ करोडको र शिखर इन्स्योरेन्सको २५ करोडको कारोबार भएको छ ।
प्रकाशित समय १५:४३ बजे

















