गृहपृष्ठ नेकपाको लुम्बिनी र गण्डकी प्रदेश इन्चार्ज जिम्मेवारीमुक्त

नेकपाको लुम्बिनी र गण्डकी प्रदेश इन्चार्ज जिम्मेवारीमुक्त

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहले लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई जिम्मेवारीमुक्त गरेको छ । सो समूहको सोमबार बसेको स्थायी समिति बैठकद्वारा हटाइएका पोखरेल र गुरुङ सम्बन्धित प्रदेशको मुख्यमन्त्रीसमेत हुन् ।

पोखरेल र गुरुङको ठाउँमा स्थायी समिति सदस्य युवराज ज्ञवाली र देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए । गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी प्रदेश कमिटी सदस्य गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित समय १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु