गृहपृष्ठ थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि, ५७८ जना डिस्चार्ज
थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि, ५७८ जना डिस्चार्ज
पछिल्लो २४ घण्टाभित्र ४ हजार ५५१ पीसीआर परीक्षण गर्दा थप ५२२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ छ । जसमध्ये ५ हजार २२५ जना आइसोलेसनमा र ३४२ जना क्वारेन्टिनमा छन् ।
आज थप ५७८ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ५५ हजार ६६६ जना रहेको छ । आज थप ८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । कोरोनाका कारण नेपालमा हालसम्म १ हजार ८९३ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित समय १६:३९ बजे

















