गृहपृष्ठ पोखरा फाइनान्स र प्रभु क्यापिटलबीच लगानी व्यवस्थापन सम्झौता
पोखरा फाइनान्स र प्रभु क्यापिटलबीच लगानी व्यवस्थापन सम्झौता
कमलादीमा केन्द्रीय कार्यालय रहेको प्रभु क्यापिटल लिमिटेड र पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडबीच लगानी व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रबिचन्द्र गुरुङले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि पोखरा फाइनान्सको लगानी प्रभु क्यापिटलका विशेषज्ञ लगानी व्यवस्थापकहरुद्वारा व्यवस्थापन गरिनेछ । दुवै पक्षलाई उच्च प्रतिफल सुनिश्चित गर्ने लक्ष्यका साथ यो लगानी व्यवस्थापन सम्झौता गरिएको प्रभु क्यापिटलका प्रवन्ध निर्देशक दिनेश थकालीले बताए । प्रभु क्यापिटलले हाल प्रभु स्मार्ट पीएमएसअन्तर्गत संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरुलाई लगानी व्यवस्थापनको सेवा प्रदान गरिरहेको जनाइएको छ ।
प्रकाशित समय १६:२० बजे

















