गृहपृष्ठ यो वर्ष पनि नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमात्र : विश्व बैंक
यो वर्ष पनि नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमात्र : विश्व बैंक
विश्व बैंकले चालू आर्थिक वर्ष २०७७/७८ (सन २०२०/२१) मा पनि नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा मात्र सीमित रहने बताएको छ । बैंकले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्टस’मा निर्यात र पर्यटनमा आश्रित नेपालको अर्थतन्त्रको पुनर्बहाली कमजोर रहने उल्लेख छ ।
बैंकका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा सीमित रह्यो । यो अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को अनुमानभन्दा थोरै बढी हो, मुद्रा कोषले गत वर्ष नेपालको वृद्धिदर सून्य (०.०२ प्रतिशत)को तहमा रहेको उल्लेख गरेको छ ।
विश्व बैंक आफैले गत वर्ष गरेका संसोधित प्रक्षेपणका तुलनामा यस वर्ष नेपालको वृद्धिदर प्रक्षेपण १.५ प्रतिशत विन्दुले फरक रहेको बैंकले बताएको छ । गत वर्ष (जुन २०२०) को प्रक्षेपणमा आर्थिक वर्ष २०७६/७७ नेपालको वृद्धिदर १.८ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ मा २.१ प्रतिशत रहने उल्लेख थियो ।
बैंकका अनुसार आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८(सन् २०२१/२२) मा भने नेपालको वृद्धिदर २.५ प्रतिशत रहने छ ।
प्रकाशित समय ११:५५ बजे

















