गृहपृष्ठ तिनाउलाई प्राप्ति गर्न सिटिजन्स बैँकले गर्‍यो अन्तिम हस्ताक्षर, स्वाप रेसियो कति ?

तिनाउलाई प्राप्ति गर्न सिटिजन्स बैँकले गर्‍यो अन्तिम हस्ताक्षर, स्वाप रेसियो कति ?

सिटिजन्स बैँकले तिनाउ मिसन डेभलपमेन्ट बैँकलाई प्राप्ति गर्न अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैँकले बुटवलमा प्रधान कार्यालय रहेको नेपाल राष्ट्र बैँकबाट ‘ख’ वर्गको इजाजतप्राप्त तिनाउ मिसनलाई प्राप्ति गर्ने गरी बुधबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

सिटिजन्स बैँकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रममा बैँकका सञ्चालक एवं मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउका सञ्चालक एवं मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । दुवै बैँकले आ-आफ्नो विशेष/साधारण सभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरी राष्ट्र बैँकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार सुरु हुनेछ ।

२०७७ साल पुस २२ सम्मको तथ्यांकका आधारमा सिटिजन्स बैँकले तिनाउलाई प्राप्ति गरेपछि निक्षेप करिब १ खर्ब २४ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा प्रवाह करिब १०२ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्तिपश्चात् बैँकको कुल शाखा संख्या १६३ हुनेछ ।

सहमति अनुसार तिनाउ मिसन डेभलपमेन्ट बैँकका सेयरधनीले १०० कित्ता सेयरबराबर सिटिजन्स बैँकको ९६ कित्ता सेयर पाउनेछन् । सिटिजन्स बैँकको हालको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।

प्रकाशित समय ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु