गृहपृष्ठ थप ३६२ जनामा कोरोना पुष्टि, ६९९ जना डिस्चार्ज, ३ जनाको मृत्यु

थप ३६२ जनामा कोरोना पुष्टि, ६९९ जना डिस्चार्ज, ३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ । हाल देशभर ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ पुगेको छ ।

प्रकाशित समय १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु