गृहपृष्ठ नेप्से बढ्यो, बजार पुँजीकरण ३० खर्ब नाघ्यो

नेप्से बढ्यो, बजार पुँजीकरण ३० खर्ब नाघ्यो

nepse-newskarobarr

सेयर बजार परिसूचक नेप्से सोमबार ३ अंकले बढ्दा कुल बजार पुँजीकरण ३० खर्ब नाघेको छ । आइतबार ४१ अंकले बढेको बजार सोमबार ३.७ अंकले उकालो लाग्दा कुल बजार पुँजीकरण ३० खर्ब १६ अर्ब नाघेको हो ।

व्यापार, होटल, उत्पादनमूलक, अन्य र लघुवित्त समूह घटे पनि बाँकी सबै समूह बढेपछि समग्र बजार परिसूचक ३.७ अंकले बढेर २२३९.४२ अंकमा उक्लिएको छ । सोमबार २०८ कम्पनीको १ करोड ३५ लाख ६० हजार ७८३ कित्ता सेयर ५ अर्ब ५२ करोडमा किनबेच भएको छ । यो कारोबार रकम आइतबारको भन्दा कम हो । आइतबार ६ अर्ब ३२ करोडको सेयर कारोबार भएको थियो ।

आरम्भ चौतारी लघुवित्त, नाराणयी डेभलपमेन्ट बैँक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैँकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै प्रभु लाइफ, आईएमई जनरल इन्स्योरेन्स, सिभिल बैँकलगायतका कम्पनी सर्वाधिक मूल्य बढ्नेको सूचीमा परेका छन् ।

सोमबार सर्वाधिक सिद्धार्थ बैँकको ४२ करोडको सेयर किनबेच भयो । त्यस्तै प्रभु बैँकको २५ करोडको, एनएमबी बैँक, सिभिल बैँक र नेसनल लाइफको १८/१८ करोडको र कुमारी बैँकको १६ करोडको सेयर कारोबार भएको छ ।

प्रकाशित समय १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु