गृहपृष्ठ कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुन्छ : मन्त्री त्रिपाठी

कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुन्छ : मन्त्री त्रिपाठी

१६ हजार खोप केन्द्र बनाइने र ५ हजार कर्मचारी परिचालनको तयारी

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खोप खरिदका लागि जीटूजी प्रक्रिया प्राथमिकतामा रहेको जानकारी दिए ।

उनले खरीद प्रक्रियामा भइरहेको विकृतिको आशंकालाई झुटो सावित गर्ने दाबी गरे । ‘अरु मुलुकसरह नै छिटोभन्दा छिटो खोप ल्याउने प्रयास भइरहेको छ,’ उनले भने । उनकाअनुसार खोपका लागि १६ हजार खोप केन्द्र बनाइने छ । त्यसैगरी ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने मन्त्रालयको तयारी छ ।

प्रकाशित समय १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु