गृहपृष्ठ थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको निधन
थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको निधन
पछिल्लो २४ घण्टाको अवधिमा ५३०९ पीसीआर परीक्षण गर्दा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३३७ जना रहेको छ । जसमध्ये ४ हजार ३३७ आइसोलेसनमा र २३७ जना क्वारेन्टिनमा छन् ।
आज कोरोना भाइरसबाट थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ हजार ९२७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै सोमबार थप ५२७ जना डिस्चार्ज भएसँगै देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ ।
प्रकाशित समय १६:३९ बजे

















