गृहपृष्ठ बिहीबार सुनको मूल्य ८ सय रूपैयाँ घट्यो

बिहीबार सुनको मूल्य ८ सय रूपैयाँ घट्यो

मंगलबार र बुधबार दुबै दिन बढेको सुनको मूल्य बिहीबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ८ सय रूपैयाँले घटेको हो ।

बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

बिहीबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रकाशित समय ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु