गृहपृष्ठ साताको अन्तिम दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
साताको अन्तिम दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बिहीबार ८ सय रूपैयाँले घटेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार ४ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबारको लागि तेजावी सुन प्रतितोला ९२ हजार कायम भएको छ ।
शुक्रबार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित समय ११:११ बजे

















