गृहपृष्ठ प्रचण्ड-नेपाल पक्षले विष्णु पौडेललाई महासचिवबाट हटायो, ओलीलाई स्पष्टीकरण

प्रचण्ड-नेपाल पक्षले विष्णु पौडेललाई महासचिवबाट हटायो, ओलीलाई स्पष्टीकरण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)पार्टीबाट निष्काशित गर्नका प्रक्रिया अगाडि बढाएको छ । यसका लागि प्रचण्ड-नेपाल पक्षले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले त्यस्तो निर्णय गरेको हो ।

ओलीले पार्टीविरोधी गतिविधि गरेको भन्दै ‘किन पार्टी सदस्यबाट निष्काशित नगर्ने ?’ भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले बताए । उनका अनुसार आजको बैठकले विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय पनि गरेको छ ।

प्रकाशित समय १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु