गृहपृष्ठ भारतमा कोरोना खोप लगाएका ५२ स्वास्थ्यकर्मीको स्वास्थ्यमा समस्या
भारतमा कोरोना खोप लगाएका ५२ स्वास्थ्यकर्मीको स्वास्थ्यमा समस्या
भारतमा कोरोनाभाइरसका खोप लगाएका ५२ स्वास्थ्यकर्मीको स्वास्थ्यमा समस्या आएको छ । खोप अभियानको पहिलो दिन नै दिल्लीमा स्वास्थ्यकर्मीमा स्वास्थ्य संकट निम्तिएको हो । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ ।
सरकारी तथ्यांकअनुसार पहिलो दिन शनिबार दिल्लीका ११ जिल्लाका ४ हजार ३१९ जनालाई खोप लगाइएको थियो, तीमध्ये ५२ जनालाई खोपको असर देखिएको हो । पश्चिम बंगालमा करिब १५ हजार ७०७ स्वास्थ्यकर्मीलाई खोप दिइएको छ । तीमध्ये एक जनाको स्वास्थ्यमा समस्या आएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने खोप लगाएपछि प्रतिकूल स्वास्थ्य प्रभावलाई खोपको प्रयोगसँग सम्बन्धित नरहेको बताएको छ । भारतमा शनिबारदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएकोमा कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएकाहरुलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
प्रकाशित समय १२:४९ बजे

















