गृहपृष्ठ चिनियाँ राजदूत यान्छीले राष्ट्रपतिलाई सुटुक्क भेटिन्
चिनियाँ राजदूत यान्छीले राष्ट्रपतिलाई सुटुक्क भेटिन्
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फेरि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला राजदूत होउले शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर भण्डारीसँग भेटवार्ता गरेकी हुन् ।
राष्ट्रपति र यान्छीबीचको भेटवार्ताबारे राष्ट्रपति कार्यालय र सरकारी पक्षले हालसम्म पनि सूचना बाहिर ल्याएका छैनन् । उनीहरूबीचको भेटवार्तामा के विषयमा कुराकानी भयो भन्ने जानकारी कतैबाट आएको छैन ।
पार्टीभित्रको विवादलाई कारण देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय लिएपछि राजदूत होउले राष्ट्रपतिसँग तेस्रोपटक भेटवार्ता गरेकी हुन् । विदेशी कूटनीतिक नियोगका व्यक्तिहरूले देशका उच्च पदाधिकारीसँगको भेटवार्ता गोप्य राख्नु गैरकूटनीतिक भएको जानकारहरू बताउँछन् ।
प्रकाशित समय ०८:२९ बजे

















