गृहपृष्ठ कपिलवस्तु सामुदायिक अस्पताललाई ज्योति विकास बैँकद्वारा बेबी वार्मर प्रदान
कपिलवस्तु सामुदायिक अस्पताललाई ज्योति विकास बैँकद्वारा बेबी वार्मर प्रदान
ज्योति विकास बैँकले कपिलवस्तु सामुदायिक अस्पताललाई एक थान बेबी वार्मर प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैँकले संयुक्त रुपमा अस्पताललाई बेबी वार्मर प्रदान गरेका हुन् ।
नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट प्रसूति सेवा लिन आउनेहरू लाभान्वित हुने अस्पतालले जनाएको छ । अस्पतालमा वार्षिक ५ सयभन्दा बढी महिला प्रसूतिका लागि पुग्ने गर्छन् । आविष्कार केन्द्रले अस्पताललाई पीपीई र फेस सिल्डजस्ता कोरोनाभाइरस नियन्त्रण स्वास्थ्य सामग्रीसमेत प्रदान गरेको छ ।
बैँकले १२औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा न्यानो बेबी वार्मर बनाएर ग्रामीण तथा पहुँच नपुगेका अस्पताललाई हस्तान्तरण गर्ने सहकार्यका लागि ८ लाख प्रदान गरेको थियो ।
ज्योति विकास बैँकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएमबाट सेवा उपलव्ध गराउँदै आएको छ ।
प्रकाशित समय ०८:३५ बजे

















