गृहपृष्ठ संसद विघटन मुद्दामा तेस्रो दिनको बहस जारी

संसद विघटन मुद्दामा तेस्रो दिनको बहस जारी

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनउपर आज पनि बहस सुरु भएको छ । सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाई संवैधानिक इजलाशमा आइतबारदेखि विषयमा प्रवेश गरेको थियो । सोमबार सुनुवाइ नसकिएपछि आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

तेस्रो दिनको बहसमा मंगलबार रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले बहस सुरु गरेका हुन् । सोमबार रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरे बहस गरेका थिए । आइतबार पहिलो दिन निवेदकका तर्फबाट चार वकिलले बहस गरेका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गएको पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणा गरी आगामी वैशाख १७ र २७ गतेका लागि चुनावको घोषणा भएको थियो । संसद विघटन संविधान विपरीत रहेको भन्दै पुनर्स्थापनाको माग गरी सर्वोच्चमा एक दर्जनभन्दा बढी रिट परेका छन् । ती रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा सहितको संवैधानिक इजलासमा सुनुवाई भइरहेको हो । गत पुस ११ देखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भइ क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।

प्रकाशित समय १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु